महिला टी-ट्वान्टी क्रिकेटको अन्तिम श्रृंखला आज : मलेसियासँग भिड्दै नेपाल - Chaitanya News
  • 2026-07-27
  • 18:09:49
  • सोमबार,साउन ११, २०८३
  • महिला टी-ट्वान्टी क्रिकेटको अन्तिम श्रृंखला आज : मलेसियासँग भिड्दै नेपाल

    महिला टी-ट्वान्टी क्रिकेटको अन्तिम श्रृंखला आज : मलेसियासँग भिड्दै नेपाल

    काठमाडौँ – महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।महिला टी–२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो।

    यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो।पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने विजय हासिल गरेको थियो।

    मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा विजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ।

    आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन्।