कास्कीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु - Chaitanya News
  • 2026-04-18
  • 07:20:18
  • शनिबार,बैशाख ०५, २०८३
  • कास्कीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    कास्कीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    कास्की – कास्कीको पोखरा महानगरपालिका– ३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

    मृत्यु हुनेका पोखरा महानगरपालिका– ३१ मोहरियाका ७८ वर्षीया देवकला बन्जरा रहेकी छन्।

    हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ।

    माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।