काठमाडौं- रौतहटका रामजी राम अन्ततः डाक्टर बनेका छन्। नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रामजी डाक्टर बनेका हुन्। उनले आफूले लाइसेन्स परीक्षामा पास भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।
‘परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्यन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरु, दृश्य अदृश्य रुपमा मलाई सिकाउनुहुने हाम्रा सम्पूर्ण गुरुहरु, बिरामीहरु, सम्पूर्णलाई यो सर्टिफिकेट चढाउँछु’ उनले लेखेका छन्। आजदेखि अधिकारिक रुपले सिकेको चिकित्साशास्त्रको गुणहरुको अभ्यास गर्न पाउने अनुमति पाएकोले बताएका छन्।
अब आफू बिरामीका दुःखहरूले लिने परीक्षामा पास हुनुपर्ने बताए । पैसाको अभावले उनले परीक्षाको अन्तिम समयसम्म निकै संघर्ष गरेका थिए। परीक्षा दिन गएका बेला शुल्क नतिरेको भन्दै कलेजले पटक पटक परीक्षा हलबाट निकालेको थियो। त्यसपछि उनको शुल्क तिर्नका लागि सहयोग संकलन गरिएको थियो।
उनले बीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट एमबीबीएस पास गरेका हुन्।