सांसद सोविता गौतमले गरिन गृहेन्द्र घिमिरेसँग विवाह - Chaitanya News
  • 2026-11-18
  • 05:19:07
  • मंगलबार,मंसिर ०२, २०८३
  • सांसद सोविता गौतमले गरिन गृहेन्द्र घिमिरेसँग विवाह

    सांसद सोविता गौतमले गरिन गृहेन्द्र घिमिरेसँग विवाह

    काठमडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन्। प्रेमी गृहेन्द्र घिमिरेसँग उनले लगनगाँठो कसेकी हुन्।

    हालै भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा लामोसमयको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। चितवन घर भएका गृहेन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन्।

    विवाहपश्चात दुवैजना जापान भ्रमणमा निस्केका छन्।