डोटीमा माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला - Chaitanya News
  • 2026-11-16
  • 07:25:41
  • सोमबार,मंसिर ०१, २०८३
  • डोटीमा माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला

    डोटीमा माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला

    डोटी– डोटीमा शंकास्पद वस्तु फेला परेको छ। दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मूल गेट निर्माण कार्य भइरहेको अवस्थामा भित्ता साइडको माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको हो। पुरानो खिया लागेको शंकास्पद वस्तु तारसहितको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ।

    सो स्थानलाई प्रहरीले सुरक्षित राखेर आवश्यक जाँचबुझका लागि नेपाली सेनाको प्राविधिक टोलीसँग जिल्ला प्रहरी कार्यालय डोटीले समन्वय गरिरहेको छ।