‘परस्त्री’ हिन्दी राइट भारतीय कम्पनी बीफोरयूले किन्यो - Chaitanya News
  • 2026-07-16
  • 05:22:01
  • बुधबार,आषाढ ३१, २०८३
  • ‘परस्त्री’ हिन्दी राइट भारतीय कम्पनी बीफोरयूले किन्यो

    ‘परस्त्री’ हिन्दी राइट भारतीय कम्पनी बीफोरयूले किन्यो

    काठमाडौँ– आगामी असार १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’ को हिन्दी गीतको राइट्स विक्री भएको छ।

    ‘बीफोरयू’ नामक भारतीय कम्पनीले फिल्मको गीतको युट्युब राइट्स खरिद गरेको हो। शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ।

    फिल्मको युट्युब प्रदर्शन अधिकार भने विक्री हुन बाँकी रहेको निर्मात्रत पाण्डेले बताइन्। त्यसका लागि विभिन्न युट्युब कम्पनीहरुसँग कुराकानी भइरहेको उनको भनाई छ।

    फिल्मको अहिले मुम्बईको एक स्टुडियोमा हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भइरहेको छ। भारतका प्रख्यात गायक–गायिकाहरुले फिल्मको हिन्दी गीत गाएका छन्। नेपालकै मितिमा भारतका हलमा पनि फिल्म लाग्नेछ।

    फिल्मको निर्देशन सुरज पाण्डेले गरेका हुन् र सुरको यो डेब्यु निर्देशन हो। फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, एलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, गीत विष्ट, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ। दीपेन्द्र के। खनालको लेखन रहेको फिल्मका डीओपी निरज पाण्डे हुन्।

    थ्रिलर जनरामा निर्माण भएको फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथालाई उठान गरेको छ।