नेपालको शान्ति प्रक्रिया टुंग्याउन चीन जस्तोसुकै सहयोग गर्न तयार छ : उपाध्यक्ष सापकोटा - Chaitanya News
  • 2026-11-16
  • 03:26:14
  • आइतबार,कार्तिक ३०, २०८३
  • नेपालको शान्ति प्रक्रिया टुंग्याउन चीन जस्तोसुकै सहयोग गर्न तयार छ : उपाध्यक्ष सापकोटा

    नेपालको शान्ति प्रक्रिया टुंग्याउन चीन जस्तोसुकै सहयोग गर्न तयार छ : उपाध्यक्ष सापकोटा

    काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। चीन भ्रमणबाट स्वदेश फर्किएपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले एउटा असल छिमेकीको रुपमा चीन सहयोग गर्न तयार रहेको बताए।

    ‘विश्व शान्तिका लागि चीनले जुन पहल गरेको छ। त्यसमा हाम्रो पहल कदमी हुन आवश्यक छ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग भेट भयो। विभिन्न प्रान्तका सेक्रेटरीहरु र प्रान्तका सरकार प्रमुखहरुसँग भेट भयो’ सापकोटाले भने, ‘दुई पार्टीबीच सम्बन्ध विकास गर्ने सवालमा नियमित भ्रमण हुँदै आएको छ। हामीले गरेको यो १९ औं भ्रमण हो।

    चीनले एउटा असल छिमेकीको रुपमा खुलस्त भनिदिएमा सहयोग गर्न सहज हुने उल्लेख गरेको सापकोटाले बताए। ‘चीनले विश्वलाई नै चकित पार्नेगरी विकास गरेको छ। गरिबी निवारणमा खेलेको भूमिका चमत्कारिक छ। चीनको आधुनिकरण बहुआयामिक छ’ उनले भने, ‘उनीहरुले गरेको विकास यो आधुनिकरण र नयाँ विश्व व्यवस्थाका लागि हो भन्ने गर्छन्। हेर्दा साच्चिँकै चीनले धेरै नै विकास गरेको छ ।’