काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम माफी र नागरिकता विधेयकको निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापति देउवाले एकलौटी निर्णय गर्दा पार्टीमा नकारात्क असर परिरहेको बताएका हुन्।
‘नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोको विषयमा निर्णय गर्यो। एउटा निर्णय आम माफीको बारेमा, अर्का निर्णय नागरिकताको विषयमा। यी सबै निर्णय नेपाली कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो। यो निर्णय मैले तपाईँभन्दा पछाडि थाहा पाएको हुँ,’– उनले भने।
साथै, अहिलेको अवस्थामा नेपाली कांग्रेसले भोट पाएर पनि विश्वाश गुमाएको उनको टिप्पणी छ। नेपाली कांग्रेसलाई नबदली विश्वास फर्काउन नसकिने उनले बताए। आफूले कांग्रेस बदल्ने भनेर हिडेको उनले बताए।
‘नेपाली कांग्रेसले भोट पाएको, विश्वास गुमाएको अवस्था छ। भोट नपाएको भए चुनाव कसरी जित्ने रु हामी लार्जष्ट पार्टी छौं। अस्तिभर्खर चुनाव जितेको । भोटको बारेमा चिन्ता नगरौं, विश्वासको बारेमा चिन्ता गरौं। विश्वासलाई पुनस्र्थापित गरायौं भने भोट आफैं आउँदो रहेछ। विश्वास भएन भने भोट आउँदोरहेन छ,’– उनले भने।