सबैतिर जितेको कांग्रेस अर्को चुनावमा हारिन्छ भनेर डराइरहेको छ : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 03:26:23
  • आइतबार,कार्तिक ३०, २०८३
  • सबैतिर जितेको कांग्रेस अर्को चुनावमा हारिन्छ भनेर डराइरहेको छ : महामन्त्री थापा

    सबैतिर जितेको कांग्रेस अर्को चुनावमा हारिन्छ भनेर डराइरहेको छ : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी अर्को चुनावमा हारिन्छ भनेर डराइरहेको बताएका छन्। आज (शुक्रबार) नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले अर्को चुनावलाई लिएर कांग्रेस डराउनुको उत्तर खोज्ने बेला आएको बताए। ‘कांग्रेस सबैतिर चुनाव जितेको छ, अर्को चुनाव हारिन्छ भनेर अहिल्यै डराएको छ। यस्तो किन भएको छ रु यो प्रश्नको उत्तर खोज्ने बेला भएको छ,’– उनले भने।

    आगामी आम निर्वाचनलाई लिएर कांग्रेस डराउनुको कारण खोज्न बस्तीबस्तीमा जान आवश्यक रहेको उनको भनाई छ। कांग्रेसका कमजोरीहरु गाउँ–गाउँमा रहेको कांग्रेसका सुभेच्छुकहरुले बताउन सक्ने उनको दाबी छ।

    ‘उत्तर खोज्न अब तल जानुपर्छ भन्ने मेरो अठोट हो। मैले बुझेको त्यो हो। तलका साथीहरुलाई थाहा छ, गाउँका साथीहरुलाई थाहा छु। भुईँका साथीहरुलाई थाहा छ। उनीहरुले हामीलाई राम्रोसँग बुझाउन सक्छन्। यस्तो किन भएको छ? अस्ति चुनाव तपाईहरुले जिताएर पठाउनु भयो,’– उनले भने।