इन्दौरको उज्जैन पुगे प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 02:50:16
  • आइतबार,कार्तिक ३०, २०८३
  • इन्दौरको उज्जैन पुगे प्रधानमन्त्री प्रचण्ड

    इन्दौरको उज्जैन पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्दौरको उज्जैन पुगेका छन्। महाकालेश्वर मन्दिरमा उनलाई मध्यप्रदेशका राज्यपाल मंगु पटेल र प्रदेश सरकारका मन्त्री मोहन यादवले स्वागत गरेका छन्।

    उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजा गर्नका लागि उनी त्यता गएका हुन्। प्रधानमन्त्रीले नेपालबाट लगिएको १०८ केजी रुद्राक्षले त्यहाँ विशेष पूजा गर्ने बताइएको छ। पूजापछि उनले महाकाल कोरिडरको अवलोकन गर्ने कार्यक्रम रहेको छ। पूजा र अवलोकनको कार्यक्रम सकिएपछि उनी सडकमार्ग हुँदै पुनः इन्दौर फर्किने कार्यक्रम रहेको छ।