पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संकम्रण पुष्टि - Chaitanya News
  • 2026-05-02
  • 22:40:18
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संकम्रण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संकम्रण पुष्टि

    काठमाडौं– पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४० नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८० र एन्टिजेनबाट ५६० नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो।

    ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २२ पुगेको मन्त्रालयले जनाएको छ।