काठमाडौँ– नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०–०८१ का लागि स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन्। भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा प्राप्त गर्ने प्रत्येक नागरिकको संविधान प्रदत्त मौलिक हक भएपनि बिनियोजित बजेटले त्यो हक पाउन नसक्ने टिप्पणी गरेका हुन्।
सरकारले आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्व ९९ करोड १८ लाख बजेट छुट्ट्याएको छ। जुन रकम संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट हो। भट्टराईका अनुसार यो रकम चालू वर्षको भन्दा १९ अर्बले कम हो।