नेपालमा पनि मनाइयो १३ औँ विश्व दूध दिवस - Chaitanya News
  • 2026-11-18
  • 05:03:30
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपालमा पनि मनाइयो १३ औँ विश्व दूध दिवस

    नेपालमा पनि मनाइयो १३ औँ विश्व दूध दिवस

    ललितपुर– आज विश्व दूध दिवस । राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दूध दिवसका अवसरमा ललितपुरमा कार्यक्रम गरेको छ।

    बोर्डको संयोजकत्वमा सरोकारवाला निकायहरूबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्को दुवै सदनमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा राष्ट्रिय दुग्ध विकास बोर्डलाई खारेजी गर्ने भनी गरिएको घोषणाबारे छलफलसमेत गरिएको छ।

    कार्यक्रममा पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ र केन्द्रीय पशुपन्छी, मत्स्य सहकारी संघ लिमिटेड तथा नेपाल डेरी साइन्स एशोशिएसनका पदाधिकारीहरूले बोर्ड खारेजी नहुनुपर्ने धारणा राखेको नेपाल डेरी एशोशिएसनका केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालले बताए।

    उक्त अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा। बेदुराम भुषालले बजेटमा बोर्ड खारेजीबारे कुरा उठे पनि आत्तिनुपर्ने अवस्था नरहेकाले बोर्डको आवश्यकताबारे सरकारलाई महसुस गराएर दुग्ध क्षेत्रलाई थप सशक्त बनाइने धारणा राखेका थिए।

    विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रि संघको खाद्य तथा कृषि संगठनले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन शुरु गरेको थियो। अन्तरराष्ट्रियस्तरमा आज २३ औँ दूध दिवस मनाइन लागिएको भए पनि नेपालले भने सन् २०११ बाट विश्व दूध दिवस मनाउन शुरु गरेकाले १३ औँ विश्व दूध दिवस मनाएको छ। यस वर्ष ‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने नारा छ।