पार्टीभित्र अब दुई गुटमात्र : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 02:33:47
  • आइतबार,कार्तिक ३०, २०८३
  • पार्टीभित्र अब दुई गुटमात्र : महामन्त्री थापा

    पार्टीभित्र अब दुई गुटमात्र : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र अब दुई गुटमात्र रहेको दाबी गरेका छन्। उनले कांग्रेसमा परिवर्तन अवश्यम्भावी रहेको भन्दै अब परिवर्तन चाहने र रोक्ने गरी दुई गुटमात्र रहेको बताएका हुन्।

    ट्रेड युनियन कांग्रेस अन्तर्गतको युनिप्रेसले राजधानीमा आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ नामक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले अब परिवर्तन बिना कांग्रेसको अस्तित्व नरहने भन्दै त्यसका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन्।

    यसअघि विभिन्न गुट बनेका भए पनि अब निर्विकल्प रुपमा कांग्रेसको मौलिक अधिकारका लागि एक गुटमात्र हुनुपर्नेमा उनले जोड दिएका छन्।

    उनले पार्टीका व्यक्तिले चुनाव हारे पनि पार्टीको मूलभूत सिद्धान्तले जित्नुपर्ने भन्दै अब कसैसँग पनि एकता गर्न नहुनेमा जोड दिए।

    नेता थापाले कार्यकर्ताहरुमा सबैतिर निराशा छाएको भन्दै तल्लो तहका कार्यकर्ताका कुरा सुन्नका लागि त्यहाँ पुग्नुपर्ने बताए।

    उनले चुनावमा बेलामा कार्यकर्तालाई गठबन्धनकै कारण जताततै भोट हाल्न लगाइँदा कार्यकर्तामा निराशा छाएको भन्दै त्यो गल्ती अब दोहोर्याउन नहुने बताएका छन्।

    उनले भने, ‘कांग्रेसको फन्डामेन्टल राइट्सका लागि पनि अब एक जुट हुनुपर्छ र चुनावमा पार्टीले हारे हारोस् कांग्रेसको सिद्धान्तले जित्नुपर्छ।’