सुर्खेतमा श्रीमतिमाथि हँसिया प्रहार गर्ने श्रीमान् पक्राउ - Chaitanya News
  • 2026-11-18
  • 05:03:20
  • मंगलबार,मंसिर ०२, २०८३
  • सुर्खेतमा श्रीमतिमाथि हँसिया प्रहार गर्ने श्रीमान् पक्राउ

    सुर्खेतमा श्रीमतिमाथि हँसिया प्रहार गर्ने श्रीमान् पक्राउ

    सुर्खेत– सुर्खेतमा श्रीमतिमाथि हँसिया प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–१२ बाघखोरका २९ वर्षीय किरण नेपालीले श्रीमती अमृता नेपालीमाथि हँसिया प्रहार गरेका हुन्।

    हँसिया प्रहारपछि घाइते २६ वर्षीया अमृताको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। मानसिक रोगको औषधी सेवन गरिरहेका किरणले आज बिहान एक्कासि अमृतामाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए। ‘केटा पनि मानसिक रोगीजस्तै छ, उनलाई अस्पताल पुर्‍याउने तयारी भइरहेको छ,’ उनले भने।