प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता - Chaitanya News
  • 2026-11-16
  • 02:34:07
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

    काठमाडौँ- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

    नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो ।

    भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।  त्यसक्रममा उनले आगन्तुक पुस्तिकामा गन्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । प्रधानमन्त्री प्रचण्ड मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुग्दा कारगेटसहित पुगेका थिए ।

    हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ।

    द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।