नेपाललाई भारतमा गाभ्ने षडयन्त्र भइरहेको छ : चित्रबहादुर केसी - Chaitanya News
  • 2026-11-16
  • 02:32:52
  • आइतबार,कार्तिक ३०, २०८३
  • नेपाललाई भारतमा गाभ्ने षडयन्त्र भइरहेको छ : चित्रबहादुर केसी

    नेपाललाई भारतमा गाभ्ने षडयन्त्र भइरहेको छ : चित्रबहादुर केसी

    काठमाडौं– भारतले नेपालको लुम्बिनी र कपिलबस्तुलाई समेत नक्सामा सामेल गरेर भारतीय संसद भवनमा राखेको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ।

    बुधवार काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शन गर्दै जनमोर्चाले भारतले नेपालमाथि गरिरहेको एकपछि अर्को षडयन्त्र यो एक कडी भएको बताएको छ। विरोधमा कार्यक्रममा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई भारतमा गाभ्ने उदेश्य सहित भारतले बिभिन्न षडयन्त्र गरिरहेको बताएका कुन्।

    उनले भने, ‘सरकारमा बस्ने सत्तामा बस्नेले नै जनतालाई लुट्ने भएपछि यो विकृति विसंगतिको विरुद्धमा जति गरे पनि सुन्दैन। लुम्बिनी र कपिलबस्तुलाई समेत नक्सामा गाभेको छ। संघीयतामा नाटक भईरहको छ। महिनै पिच्छे मन्त्री गठन विगठन अनि अर्वौ रुपैंया हिनामिना। राष्ट्रपति त्यसै दिल्ली गएको हैन रैछ। अहिले देखाउनु भयो भारतीय नागरिकलाई गर्नु पर्ने काम। यो सब नेपाललाई भारतमा गाभ्ने काम हो।

    अध्यक्ष केसीले सत्तामा आएकाहरुले देशलाई लुटिरहका र नेपाली जनतालाई अलमलाउने काम गरेको बताए।

    राष्ट्रपतिले रेशम चौधरीसहित १२ जना अपराधीलाई रिहा गरेको प्रति आपत्ति जनाउँदै उनले सोर्स फोर्स भए पछि जति ठूलो अपराध गरे पनि माफ हुने पुष्टि भएको बताए।