स्वास्थ्यका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफर, को–कँहा? - Chaitanya News
  • 2026-05-02
  • 22:39:42
  • शनिबार,बैशाख १९, २०८३
  • स्वास्थ्यका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफर, को–कँहा?

    स्वास्थ्यका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफर, को–कँहा?

    काठमाडौं– स्वास्थ्यका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफर गरिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका ९ उच्च अधिकारीहरुको जिम्‍मेवारी हेरफेर गरेका हुन्।

    मन्त्री बस्‍नेतले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल नियुक्त गरेका छन्। डा. रिजाललाई ट्रमा सेन्टरको मेसु बनाएका हुन्। हार्डजोर्नी रोग विशेषज्ञ डा. रिजाल वीर अस्पतालमा कार्यरत थिए।

    मन्त्रालयबाट नियुक्ति पत्र पनि बुझिसकेको डा. रिजालले बताए। यसअघि ट्रमा सेन्टरमा मेसु डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ।