नेपाली समाज पतनको दिशामा गइरहेको छ : ओली - Chaitanya News
  • 2026-11-16
  • 02:35:52
  • आइतबार,कार्तिक ३०, २०८३
  • नेपाली समाज पतनको दिशामा गइरहेको छ : ओली

    नेपाली समाज पतनको दिशामा गइरहेको छ : ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली समाजमा पतनको दिशामा गइरहेको टिप्पणी गरेका छन्। बुधबार नेकपा माओवादी निकट कलाकारहरुलाई पार्टी प्रवेश गराउँदै ओलीले समाजमा नकारात्मक सोच फैलिएको र पतनोन्मुख भएको टिप्पणी गरेका हुन्।

    दुनियाँलाई नै सभ्यता र संस्कृतिको पाठ सिकाउने समाज पछिल्लो समय विकृतितर्फ भासिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे।

    ओलीले भने, ‘अहिले युट्युब हेर्न सकिँदैन। एकान्तमा जानु पर्ने हुन्छ। हामी सभ्य समाजमा छौं कि विकृतितर्फ भासिँदै गएको समाजमा छौं अचम्म लाग्दैछ।’

    समाज र संस्कृति बिग्रिँदा त्यसलाई सुधार्न निकै मुस्किल हुने भन्दै ओलीले नेपाली समाज बिग्रिएकोमा चिन्ता व्यक्त गरेका हुन्। उनले भने, ‘राजनीति बिग्रियो भने १–२ वटा चुनावमा शिक्षा लिएर सही बनाउन सकिन्छ। अर्थतन्त्र बिग्रियो भने १–२ वर्षको बजेटबाट पञ्चवर्षीय योजनाबाट सुधार्न सकिन्छ। देशको संस्कृति बिग्रियो भने, सांस्कृतिक पतन भयो भने त्यो उठाउनका लागि पुस्तौंसम्म लाग्छ।’