अष्ट्रेलियामा भेटियो दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्मको हड्डी - Chaitanya News
  • 2026-11-18
  • 05:03:25
  • मंगलबार,मंसिर ०२, २०८३
  • अष्ट्रेलियामा भेटियो दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्मको हड्डी

    अष्ट्रेलियामा भेटियो दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्मको हड्डी

    सिड्नी– अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्मको हड्डी भेटिएको छ। सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त जानकारी दिएका हुन्।

    असीको दशकमा भेटिएका ती जीवाश्मका हड्डी आकाशमा उड्ने विशाल सरीसृपको भएको र तिनको उत्पत्ति दश करोड सत्तरी लाख वर्षअघि भएको बताएका छन्।

    हिस्टोरिकल बायोलोजी जर्नलमा मङ्लगलबार प्रकाशित एक अध्ययनअनुसार कर्टिन युनिभर्सिटी अस्ट्रेलियन एज अफ डाइनोसर म्युजियम अफ नेचुरल हिस्ट्री, मोनाश युनिभर्सिटी र म्युजियम्स भिक्टोरिया रिसर्च इन्स्टिच्युटका अन्वेषकहरूले भिक्टोरियमा भेटिएका जीवाश्म टेरोसरको भएको पुष्टि गरेका छन्।

    “यी हड्डीहरूको विश्लेषण गरेर, हामी लगभग दश करोड सत्तरी लाख वर्ष पपहिले भिक्टोरियाको जङ्गलमा बसोबास गर्ने टेरोसरको अस्तित्वको पुष्टि गर्न सक्षम भएका छौं,” पेन्टल्याण्डले जर्नलमा उल्लेख गरेका छन्।