राष्ट्रपति रामचन्द्र पौडेलले गरे पाँच देशमा गैरआवासीय राजदूत नियुक्त - Chaitanya News
  • 2026-11-16
  • 02:37:07
  • आइतबार,कार्तिक ३०, २०८३
  • राष्ट्रपति रामचन्द्र पौडेलले गरे पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले गरे पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।

    राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलई अर्जेन्टिनाको गैरअवासीय र रुसका मिलनराज तुलाधर बेलारुसको गैरआवासीय राजदूतमा नियुक्त भएका हुन्।

    त्यस्तै राष्ट्रपति पौडेलले डेनमार्कका डा।रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन्।