‘विना छलफल नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध’ : रवि लामिछाने - Chaitanya News
  • 2026-11-16
  • 02:28:36
  • आइतबार,कार्तिक ३०, २०८३
  • ‘विना छलफल नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध’ : रवि लामिछाने

    ‘विना छलफल नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध’ : रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्।

    बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको अनुरोधमाा नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सभापति लामिछानेले संसदमा छलफल नभई चालिएको यो कदम लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको बताएका हुन्।

    नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’ उनले भनेका छन्।

    अघिल्लो संसदले दुई पटक पारित गरेर पठाएको उक्त विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन्। तर, सरकारको आग्रहअनुसार राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।