काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू मरिसकेपछि सालिक बनाउन नपर्ने बताएका छन्।
आज राजधानीको एक कार्यक्रम अध्यक्ष ओलीले मानिस मरिसकेपछि कसैले सम्झनुको अर्थ नहुने भन्दै आफ्नो सालिक नबनाउन आग्रह गरेका हुन्।
उनले आपस मरिसकेपछि स्मृति दिवस मनाएर खर्च समेत नगर्न भनेका छन्।
उनले भने,मरिसकेपछि किन सम्झिरहनु। बेकारमा सम्झिँदा मैले थाहा पाउने पनि होइन, त्यस कारण मेरो सालिक बनाउनु पर्दैन, मूर्ति बनाउनुपर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नुपर्दैन, मेरो धारणा त्यो हो।