गणतन्त्र र संघीयता जोखिमपूर्ण अवस्थामा रहेको रास्वपा नेता झाको टिप्पणी - Chaitanya News
  • 2026-11-16
  • 02:07:28
  • आइतबार,कार्तिक ३०, २०८३
  • गणतन्त्र र संघीयता जोखिमपूर्ण अवस्थामा रहेको रास्वपा नेता झाको टिप्पणी

    गणतन्त्र र संघीयता जोखिमपूर्ण अवस्थामा रहेको रास्वपा नेता झाको टिप्पणी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले गणतन्त्र र संघीयता राजनीतिक रुपमा जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन्।

    मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता झाले जनताले गणतन्त्र र संघीयतालाई घृणाको नजरले हेरेकाले राजनीतिक रुपमा त्यो निकै जोखिमपूर्ण हुने टिप्पणी गरेका हुन्। नेपाली जनताले नै संघीयता नरुचाएको उनको तर्क छ।

    उनले भने, ‘यसपाली चुनाव ताका गरिएको संर्वेक्षणमा ४२ प्रतिशत मतदाताले चाहिँदैन संघीयता महंगो भयो भनेका थिए। हामीले अझै बुझाउन बाँकी रहेछ। बुझाउन सकिएन भने यसप्रति जनताको घृणा बढ्न थाल्नेछ। त्यो हाम्रो लागि राजनीतीक रुपमा निकै जोखिमपूर्ण हुनेछ। हामीले गरेको उपलब्धिहरुप्रति हामी कृतज्ञ हुन जानिरहेका छैनौं।

    नेताहरुले नै संघीयताको आवश्यकता र महत्वबारे ठोस धारणा निर्माण गर्न नसकेको उनको भनाई छ।