मलेसियाविरुद्ध नेपालको सात विकेटको सहज जीत - Chaitanya News
  • 2026-06-06
  • 12:05:41
  • शनिबार,जेठ २३, २०८३
  • मलेसियाविरुद्ध नेपालको सात विकेटको सहज जीत

    मलेसियाविरुद्ध नेपालको सात विकेटको सहज जीत

    काठमाडौं– ब्याटिङमा सुधारिएको प्रदर्शन गरेपछि नेपालले मलेसियासँगको दोस्रो ट्वान्टी–२० खेलमा सात विकेटको सहज जित निकालेको छ। मंगलबार मलेसियाको बांगीमा भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले १७.३ ओभरमा तीन विकेट १०३ रन बनायो।

    सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो। तर, मंगलबार संयम भएर खेलको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

    यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन्।

    मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो। नेपालकी कप्तान रुविना क्षेत्रीले २, कविता कुँवर र इन्दू बर्माले एक(एक विकेट लिइन्।