अखण्ड भारतको भित्तेचित्रले खतरनाक कूटनीतिक विवाद निम्त्याउँछ : बाबुराम भट्टराई - Chaitanya News
  • 2026-11-16
  • 05:36:43
  • आइतबार,कार्तिक ३०, २०८३
  • अखण्ड भारतको भित्तेचित्रले खतरनाक कूटनीतिक विवाद निम्त्याउँछ : बाबुराम भट्टराई

    अखण्ड भारतको भित्तेचित्रले खतरनाक कूटनीतिक विवाद निम्त्याउँछ : बाबुराम भट्टराई

    काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा अखंड भारतको विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकी देशमा कूटनीतिक विवाद निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

    गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद् भवनमा नेपाली भूभागसमेत समेटेर अखण्ड भारतको नक्सा अंकित गरिएपछि विवाद सतहमा आएको हो। उक्त नक्सामा अखण्ड भारत भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मका भूभाग समेटिएका छन्।

    भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले अखण्ड भारतको धारणाले भौगोलिक अविभाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ।

    पूर्व प्रधानमन्त्री भट्टराईले यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगारेको उल्लेख गरेका छन्। उनले भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै बताउनु पर्ने उल्लेख गरेका छन्।