मोरङ कारागारबाट भुटानका नागरिकसहित १९ जना कैदीबन्दीको सजाय माफी - Chaitanya News
  • 2026-11-18
  • 04:18:11
  • मंगलबार,मंसिर ०२, २०८३
  • मोरङ कारागारबाट भुटानका नागरिकसहित १९ जना कैदीबन्दीको सजाय माफी

    मोरङ कारागारबाट भुटानका नागरिकसहित १९ जना कैदीबन्दीको सजाय माफी

    मोरङ– जिल्ला कारागार, मोरङका १९ जना कैदीबन्दीको सजाय माफी मिनाहा गरिएको छ।

    गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा १८ जना कैदीबन्दीको सजाय माफी मिनाहा गरिएको हो।

    कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार २१ जनाको सिफारिस गरिएकोमा १९ जनाको कैद सजाय माफी दिइएको जानकारी दिए।

    कैद सजाय माफी पाउने २ जना महिला र १७ जना पुरुषमा १८ जना नेपाली नागरिक र एक जना भुटानी नागरिक रहेको निमित्त जेलर भगतले जानकारी दिए।

    कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका भुटानका नागरिक धनवीर सुब्बाले माफी पाएका छन्।

    त्यसैगरी, मोरङबाट १३ जना, सुनसरीबाट २, झापा, धनकुटा र सिरहाबाट समान १ र एक जना भुटानी कैदीबन्दीले रिहाइ पाएका छन्।

    माफी पाउनेमा ९ जना सवारी ज्यान, बहुविवाह ३, कर्तव्य ज्यान, डाँका र चोरीमा समान २ र एक जना ठगी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

    महिला पुरुष गरी ३ सय क्षमताको जिल्ला काारागार, मोरङमा हाल १ हजार ७६ जना कैदीबन्दी रहेका छन्।