१ नम्बर प्रदेशको नाम कोशीलाई खारेज गरी ऐतिहासिक पहिचानलाई सम्‍बोधन हुने नाम राख्न उपेन्द्र यादवको माग - Chaitanya News
  • 2026-11-16
  • 02:05:39
  • आइतबार,कार्तिक ३०, २०८३
  • १ नम्बर प्रदेशको नाम कोशीलाई खारेज गरी ऐतिहासिक पहिचानलाई सम्‍बोधन हुने नाम राख्न उपेन्द्र यादवको माग

    १ नम्बर प्रदेशको नाम कोशीलाई खारेज गरी ऐतिहासिक पहिचानलाई सम्‍बोधन हुने नाम राख्न उपेन्द्र यादवको माग

    काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १ नम्बर प्रदेशको नाम कोशी राख्न नहुने बताएका छन्।

    आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्‍बोधन हुने नाम राख्न उनले माग गरेका हुन्।

    ‘प्रदेश सभाबाट प्रदेश नम्‍बर १ को नामकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गर्दै उक्त नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनस् नामकरण गर्न माग गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

    यस्तै प्रदेशमा भइरहेको प्रदर्शनमाथि सरकारको दमन पनि बन्द गर्न उनले आग्रह गरेका छन्।