काभा महिला भलिबलको उपाधि भारतले जित्यो - Chaitanya News
  • 2026-06-06
  • 10:13:51
  • शनिबार,जेठ २३, २०८३
  • काभा महिला भलिबलको उपाधि भारतले जित्यो

    काभा महिला भलिबलको उपाधि भारतले जित्यो

    काठमाडौं– एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ। आज आइतवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको हो।

    भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हरायो। भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्यो। योसँगै भारतले अपराजित रहँदै प्रतियोगिता सकेको छ।

    प्रतियोगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्रो, उज्बेकिस्तान चौथो, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन्। प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको हो।