पछिल्लो २४ घण्टामा पाँच हजारभन्दा बढिले लगाए कोरोनाविरुद्धको खोप - Chaitanya News
  • 2026-05-02
  • 22:39:42
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा पाँच हजारभन्दा बढिले लगाए कोरोनाविरुद्धको खोप

    पछिल्लो २४ घण्टामा पाँच हजारभन्दा बढिले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौं– पछिल्लो २४ घण्टामा पाँच हजारभन्दा बढिले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एक दिनमा ५ हजार ६७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    यस अवधिमा १४ जना कोरोना संक्रमित थपिँदा ४ जना संक्रमणमुक्त भएका छन्। देशभर कोरोनाका ३३ सक्रिय संक्रमित छन्।

    नेपालमा हालसम्म ११ लाख ५७ हजार ३४७ जना कोरोना संक्रमित भएका छन्।