देशभर १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि - Chaitanya News
  • 2026-11-16
  • 05:27:52
  • आइतबार,कार्तिक ३०, २०८३
  • देशभर १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

    देशभर १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

    काठमाडौं– नेपालमा अझै १५.१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि रहेको पाइएको छ। आर्थिक सर्वेक्षण २०७९–८० ले यस्तो देखाएको हो। गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामिण भेगमा बस्ने गरेको छ।

    आर्थिक वर्ष २०७५–७६ मा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यामा अहिले केही सुधार भने देखिएको आंकडाले देखाएको छ। बहुआयामिक गरिबीको रेखामुनि भने १७.४ प्रतिशत जनसंख्या रहेको छ।

    बहुआयामिक गरिबी ग्रामिण भेगमा २८ प्रतिशत जनसंख्या रहेको छ। शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ। कर्णालीमा ३९.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा छ भने बागमतीमा मात्र ७ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा रहेको छ।