८महिनाको अवधिमा ७४१ जना विदेशीले पाए नेपालमा श्रम स्वीकृति - Chaitanya News
  • 2026-11-18
  • 04:08:03
  • मंगलबार,मंसिर ०२, २०८३
  • ८महिनाको अवधिमा ७४१ जना विदेशीले पाए नेपालमा श्रम स्वीकृति

    ८महिनाको अवधिमा ७४१ जना विदेशीले पाए नेपालमा श्रम स्वीकृति

    काठमाडौं– चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन्। आर्थिक सर्वेक्षण २०७९–८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन्।

    यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ। आर्थिक वर्ष २०७८–७९ को एक वर्षको अवधिमा कुल ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए। २०७७–७८ मा यो संख्या १०९० थियो। २०७४–७५ मा १ हजार ६०८ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ। श्रम स्वीकृति नवीकरण आर्थिक २०७७–७८ मा १३ सय जनाले गरेको तथ्यांक छ।