संसदीय सुनुवाइ समिति गठन - Chaitanya News
  • 2026-11-16
  • 01:11:31
  • आइतबार,कार्तिक ३०, २०८३
  • काठमाडौं– संसदीय सुनुवाइ समिति गठन भएको छ। सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका थिए।

    जसलाई सभाले स्वीकृत गरेको छ। समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ४–४ जना छन्।

    कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

    नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य रहेका छन्।

    संसदीय सुनुवाइ समितिमा माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपाबाट पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट प्रकाश अधिकारी सदस्य छन्।

    १५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन्।