विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रदर्शनकारीमाथि पानीको फोहोरा - Chaitanya News
  • 2026-11-16
  • 04:59:07
  • आइतबार,कार्तिक ३०, २०८३
  • विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रदर्शनकारीमाथि पानीको फोहोरा

    विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रदर्शनकारीमाथि पानीको फोहोरा

    मोरङ — कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरस्थित प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

    प्रदर्शनकारीले विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान क्रममा झडप भएको हो। प्रदर्शनकारीले भाटा, ढुंगा, गुलेली, बोतलले प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभातर्फ आएपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ।

    स्थिति अझै तनावग्रस्त छ। प्रहरी र प्रदर्शनकारी दुवै पक्ष घाइते भएका छन्। झडप जारी छ।