‘संयुक्त सभाको अध्यक्षता कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी छ : सभापति प्रधान - Chaitanya News
  • 2026-11-16
  • 01:12:51
  • आइतबार,कार्तिक ३०, २०८३
  • ‘संयुक्त सभाको अध्यक्षता कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी छ : सभापति प्रधान

    ‘संयुक्त सभाको अध्यक्षता कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी छ : सभापति प्रधान

    काठमाडौं– संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त सभाको अध्यक्षता कसले गर्ने भन्ने कुराको कुनै निष्कर्ष आइनसकेको बताएका छन्।

    संघीय संसदमा पेश भएको संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामाथिको दफाबार छलफलमा उठेको प्रश्नको जवाफ दिदैं सभापति प्रधानले संघीयता कार्यान्वयन अनुगमन समितिको बारेमा पनि टुंगो लाग्न बाँकी रहेको बताए।

    उनले भने, ‘संयुक्त सभाको अध्यक्षता कस्ले गर्ने भन्ने कुरा संविधानमा भएको व्यवस्था बमोजिम बाहेकको कुरा गर्न नसकिने भएको कारणले त्यसलाई हामीले त्यतिकै राख्नुपर्ने अवस्था आएको छ। संघीयता कार्यन्वयन अनुगमन समितिको कुरा कहाँ र कुन समितिमा राख्ने भन्ने कुरा निर्णय गरिसकको छैनौं।’