लोकसेवा उपयोगी सामग्री [७१] - Chaitanya News
  • 2026-06-05
  • 18:14:37
  • शुक्रबार,जेठ २२, २०८३
  • लोकसेवा उपयोगी सामग्री [७१]

    लोकसेवा उपयोगी सामग्री [७१]

    १. नेपालमा कुन योजनादेखि संस्थान नीजिकरण गरियो?

    A) ५औं B) ६औं C) ७औं D) ८औं

    २. इनटरपोलले जारी गर्ने नोटिसहरुको जोडा मध्ये कुन जोडा गलत छ? पत्ता लगाउनुहोस्।

    A) Red Notice – फरार अभियुक्त खोज्न जारी गरिने नोटिस
    B) Black Notice – अज्ञात शवहरुकोबारे जानकारी दिन
    C) Green Notice – हराएका एवं वेपत्ता व्यक्तिहरुको खोजि गर्न
    D) Blue Notice – अपराधिक पूर्व अपराधिक गतिविधिबारे जानकारी दिन

    ३.‘सूर्यकोट मस्तादेवी पर्यटन क्षेत्र’ कुन जिल्लामा रहेको छ ?

    A) डोटी B) अछाम C) सुर्खेत D) डोल्पा

    ४. चालु आवधिक योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति कुल राष्ट्रिय आय कति पुर्‍याउने लक्ष्य रहेको छ?

    A) १०४७ अमेरिकी डलर B) १२३५ अमेरिकी डलर C) १३९५ अमेरिकी डलर D) १५९५ अमेरिकी डलर

    ५. ‘एक जुवा घाम’ कसको कृति हो?

    A) सुनिता राई कन्दङवा B) अमर न्यौपाने C) दौलत विक्रम विष्ट D) धुव्रचन्द्र अधिकारी

    ६. नेपाल पर्यटन वर्ष, २०११ को मूल नारा के थियो?

    A) पर्यटकका लागि संगसंगै B) पर्यटनका लागि संगसंगै C) पर्यटकको सेवा, हाम्रो दायित्व D) कुनै पनि होइनन्

    ७. तलका मध्ये स्वीटजरल्याण्डले सहयोग गरेको क्षेत्र कुन हो?

    A) गलैचा उधोग विकास B) बालाजु यन्त्रशाला C) तिब्वती शरणार्थी पुर्नबास D) माथिका सबै

    ८. नेपाल सरकारद्वारा कहिलेदेखि एकीकृत सम्पत्ति कर लागु गर्ने निर्णय गरियो?

    A) २०७४ श्रावण १ B) २०७५ श्रावण १ C) २०७४ श्रावण ५ D) २०७५ श्रावण ५

    ९. राजी जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ?

    A) दाङ B) गोरखा C) बाँके D) मोरङ

    १०. तलका भनाई विचार गरी गलत भनाई छुट्याउनुहोस् ।

    A) नेपाल प्रवेश गर्ने प्रथम युरोपेली व्यक्ति जोन क्यारोल हुन्। B) पुर्नजागरण कालीन महाकाव्य ‘डिभाइल कमेडी’का रचनाकार दाँते हुन्। C) पुर्नजागरण आन्दोलनको सुरुवात फ्रान्सबाट भएको हो। D) गौरवमय क्रान्तिको समयमा बेलायतका राजा जेम्स द्वितीय होइनन्।

    A) A, B सही C, D गलत B) B, D सही A, C गलत C) A, B सही C, D गलत D) सबै सहि

    ११.‘एक दिन फ्रेन्च खाना’ तलकामध्ये के सँग सम्बन्धित छ?

    A) कुटनीति B) व्यापार C) पर्यटन D) होटल

    १२. महासचिवको पदावधि २ वर्षबाट ३ वर्ष बनाउने निर्णय कुन सार्क शिखर सम्मेलनले गरेको हो?

    A) आठौं B) नवौं C) दशौं D) तेह्रौं

    १३. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी पाँच वर्ष, १० वर्ष र १५ वर्षको शैक्षिक सुधारको लक्ष्यसहित शिक्षाको सोचपत्र, २०७९ कहिले सार्वजनिक गरेको हो?

    A) वि.सं. २०७९ असोज १ B)० वि.सं. २०७९ असोज ५ C) वि.सं. २०७९ असोज ४ D) वि.सं. २०७९ असोज १०

    १४. UNO मा सुरक्षा परिषद्ले तलका मध्ये कुन–कुन कार्य गर्दछ ? त्यसको आधारमा सही उत्तर छान्नुहोस्।

    १) हात हतियार नियन्त्रण योजना तर्जुमा २) संघर्षरत पक्षबीच शान्तिपूर्ण रुपमा समस्याको समाधान ३) संघर्षरत पक्षलाई विवादको सम्मानार्थ उपयुक्त प्रयास ४) शान्ति विरुद्धको धम्की, शान्ति भंग र अतिक्रमण भएकोमा स्थायी निरुपण

    A) १ र २ सही B) १, ३ र ४ सही C) २, ३ र ४ सही D) माथिका सबै सही

    १५. जैविक विविधता प्रणालीमा तलका मध्ये कुन पर्दछ?

    A) वातावरणीय प्रणाली विविधता B) प्राणी एवं वनस्पतीय जातिगत विविधता C) वंशाणुगत विविधता D) माथिका सबै

    (लोक सेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयोगी रहेको छ ।)
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100