लोकसेवा उपयोगी सामग्री [७१] - Chaitanya News
  • 2026-11-16
  • 05:30:17
  • आइतबार,कार्तिक ३०, २०८३
  • लोकसेवा उपयोगी सामग्री [७१]

    लोकसेवा उपयोगी सामग्री [७१]

    १. प्रथम, दोस्रो, तेस्रो र चौथो विश्व सम्मेलन क्रमश कुन-कुन मुलुकमा भएको थियो?

    A) मेक्सिको, डेनमार्क, केन्या, चीन B) मेक्सिको, केन्या, डेनमार्क, चीन C) डेनमार्क, चीन, केन्या, मेक्सिको D) चीन, डेनमार्क, केन्या, मेक्सिको

    २. निम्न वस्तुबारे विचार गर्नुहोस्।

    A) ताप्के B) अम्बा C) अम्खोरा D) काठको ठेकी

    मथि उल्लेखित वस्तुहरु पाइने स्थान क्रमश कुन क्रममा सही छ?

    A) वीरगंज, धुनीबेसी, भक्तपुर, मकवानपुर B) वीरगंग, धुनीबेंसी, पाल्पा, मकवानपुर C) मकवानपुर, धुनीबेसी, पाल्पा, वीरगंज D) पाल्पा, पकवानपुर, धुनीबेंसी, बैतडी

    ३. शिवालिक पर्वत श्रृंखला निम्म मध्ये कुन स्थानमा रहेको छ?

    A) तराई प्रदेशमा B) तराई र भित्री मधेसको बीचमा C) हिमाली प्रदेशमा D) भित्री मधेस र हिमाली प्रदेशको बीचमा

    ४. वायु हावाको मौसमी परिवर्तन …………….को खास विशेषता हो।

    A) भूमध्यरेखीय जलवायु B) भूमध्यसागरीय जलवायु C) मनसुन जलवायु D) माथिका सबै

    ५. तल दिइएको खेलकुद संस्थाहरुको स्थापना मितिको आधारमा क्रम मिलाउनुहोस्।

    १. नेपाल क्रिकेट संघ २. नेपाल भलिबल संघ ३. नेपाल फुटबल संघ ४. नेपाल बुद्धिचाल संघ

    A) १, ३, २, ४ B) १, ३, २, ४ C) १, २, ३, ४ D) ४, ३, २, १

    ६.‘१० बजे १० मिनेट’ अभियान केसँग सम्बन्धित छ?

    A) आत्महत्याको दर घटाउन सञ्चालित अभियान B) डेंगु विरुद्धको जागरण अभियान C) अन्तर्राष्ट्रिय किसान आन्दोलन D) पृथ्वी संरक्षणबारे सञ्चालित अभियान

    ७. सप्तकोशी नदीको सबैभन्दा पूर्वी भाग भएर बहने सहायक नदी……हो भने पश्चिमी भाग भएर बहने नदी… हो।

    A) अरुण, लिखु B) तमोर, लिखु C) तमोर, इन्द्रावती D) अरुण र इन्द्रावती

    ८. अंशुवर्माका सम्बन्धमा तलका भनाईहरू विचार गर्नुहोस्।

    A) अंशुवर्माले ‘तन्त्र विधा’ नामको ग्रन्थको रचना गरे। B) उनको शासनकाललाई लिच्छविकालको स्वर्णयुग भनिन्छ। C) शिवदेव प्रथमको मृत्युपश्चात अंशुवर्मा राजा भए। D) अंशुवर्मा लिच्छविकालका अन्तिम राजा हुन्।

    उपयुक्त कथनहरू मध्ये सही कुन हो?

    A. A र C B. B र C C. A र D D. सबै सही

    ९. वंशावली अनुसार जयप्रकाश मल्लले पुनर्जन्म लिएको विश्वास गरिने राजा …………..हुन्।

    A) रणबहादुर शाह B) राजेन्द्र विक्रम शाह C) गिर्वाणयुद्ध D) कुलमण्डन शाह

    १०. प्रथम विश्वयुद्धमा नेपालका प्रधानमन्त्री को थिए?

    A) भीम शमशेर B) चन्द्र शमशेर C) देव शमशेर D) वीर शमशेर

    ११. फ्रान्सका राज्य क्रान्तिको समयमा त्यहाँ मौजुदा संसदको नाम के थियो?

    A) पार्लियामेन्ट D) स्टेट जनरल C) डुमा D) रिइस ट्याग

    १२. निम्न कथनबारे विचार गर्नुहोस्।

    १. तेजारथ अड्डाको स्थापना प्रधानमन्त्री रणोद्धिप सिंहका पालामा भएको थियो।
    २. कुमारी चोक अड्डा पृथ्वी नारायण शाहका पालामा स्थापना भएको हो।

    A) A ठीक B बेठीक B) A बेठीक B ठीक C) दुबै ठीक D) दुबै बेठीक

    १३. नेपालको पहिलो संविधानसभाको विघटन हुँदा प्रधानमन्त्री को थिए?

    A) झलनाथ खनाल B) पुष्पकमल दाहाल C) डा. बाबुराम भट्टराई D) माधव कुमार नेपाल

    १४. तलका कथनबारे विचार गर्नुहोस्।

    1) नेपाल प्रजा परिषद नेपालको सबैभन्दा पुरानो राजनीतिक दल हो। 2) नेपाल राष्ट्रवादी गोरखा दल सन् १९५३ मा भरत शमशेरको अध्यक्षतामा भएको थियो। 3) नेपाल राष्ट्रिय कांग्रेसको स्थापना वनारसमा सन् १९४६ मा देवी प्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो। 4) नेपाल प्रजातान्त्रिक कांग्रेसको स्थापना कलकत्तामा सन् १९४६ मा विजय शमशेर राणाको नेतृत्वमा भएको थियो।

    उपयुक्त कथनमध्ये कुन कथन सही छ?

    A. 1 र 2 B) 1 र 3 C) 1 र 4 D) 2 र 4

    १५. नेपालमा उद्योग दिवस कहिले मनाइन्छ?

    A) कार्तिक १ B) माघ १ C) मंसिर १ D) फागुन १

    (लोक सेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयोगी रहेको छ ।)
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100