नक्कली भुटानी शरणार्थी प्रकरण:  संलग्न आरोपीहरूको बयान आज पनि - Chaitanya News
  • 2026-11-16
  • 05:00:02
  • आइतबार,कार्तिक ३०, २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण:  संलग्न आरोपीहरूको बयान आज पनि

    नक्कली भुटानी शरणार्थी प्रकरण:  संलग्न आरोपीहरूको बयान आज पनि

    काठमाडौं –  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ ।

    काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलास न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान निरन्तर हुनेछ । शुक्रवार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो ।

    बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन् । अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने बताइएको छ । न्यायाधीश न्यौपानेको इजलासमा शुक्रवार दुईजना इजलास अधिकृतहरूले बयान गराएका थिए ।

    आइतबार इजलास अधिकृत थपेर थप एक जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौले जनाएको छ ।