संसद अवरोध हटाउनेबारे शीर्ष नेताहरूबीच छलफल - Chaitanya News
  • 2026-11-16
  • 01:12:11
  • आइतबार,कार्तिक ३०, २०८३
  • संसद अवरोध हटाउनेबारे शीर्ष नेताहरूबीच छलफल

    संसद अवरोध हटाउनेबारे शीर्ष नेताहरूबीच छलफल

    काठमाडौं –  सिंहदरबारमा अहिले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल जारी छ । सत्ता र प्रतिपक्षी दलका नेताबीच प्रतिनिधि सभा बैठक तथा समसामयिक विषयमा भएको छलफल भइरहेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रतिनिधि सभा बैठकको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु सहभागि छन् ।

    शुक्रबार स्थगित प्रतिनिधि सभाको बैठक आज शनिबार बस्दैछ । शुक्रबारको बैठकमा पशुपति मन्दिरको जलहरीबारे प्रश्न उठेपछि संसद बैठक स्थगित भएको थियो । एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । सरकारले स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने एमालेको अडान छ ।