काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको बयान आजबाट शुरु भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज दुई जनाको बयान भएको छ। आज सागर राई र केशव दुलालको बयान भएको हो।अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ। आइतवार पनि बयान जारी रहनेछ।
केशव दुलाललाई १४ वटा प्रश्न सोधिएको थियो। प्रायः सबै प्रश्नमा उनले इन्कारी बयान दिएका छन्। उनले बयानका क्रममा म आफै ठगीमा परेको बताएका थिए।
‘म आफै ठगीमा परेको हुँ, इन्द्रजित राईलाई मैले घर जग्गा कारोबारका लागि रकम दिएको हुँ’ उनले बयानका क्रममा भने।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ।