एमालेको अवरोधपछि स्थगित संसद बैठक ६ बजे पनि बस्न सकेन, अब के हुन्छ? - Chaitanya News
  • 2026-11-16
  • 01:03:10
  • आइतबार,कार्तिक ३०, २०८३
  • एमालेको अवरोधपछि स्थगित संसद बैठक ६ बजे पनि बस्न सकेन, अब के हुन्छ?

    एमालेको अवरोधपछि स्थगित संसद बैठक ६ बजे पनि बस्न सकेन, अब के हुन्छ?

    काठमाडौं– एमालेको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक साँझ ६ बजेका लागि बोलाइए पनि अहिलेसम्म बैठक सुरू भएको छैन।

    एमालेले अवरोध गरेपछि दुईपटक सूचना टाँस गरेर बैठक स्थगित गरियो। तर ६ बजे बैठक सुरु हुने भने पनि दलहरूबीच सहमति नहुँदा बैठक सुरु नभएको हो।

    एमाले सचेतक महेश बर्तौला सरकारले संसद अवरोध खुलाउन नचाहेको बताउँछन्। ‘सदनप्रति सरकार जिम्मेवार भएन,’ उनले भने। आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका थियो। तर अब के हुन्छ भन्ने अन्योल भएको छ। यद्यपि, सभामुख देवराज घिमिरेले सहमतिको प्रयास गरिरहेका छन्।