काठमाडौं– नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताएका छन्।
शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका हुन्।
उनले राज्यको सम्पत्ति कति छ भन्ने कुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ भन्ने कुरा बताउन नसकेको बताए।
सचेतक बर्तौलाले आफूहरूले संसदमा उठाएको कुरा सम्बोधन नभएकाले सरकार सदनप्रति जिम्मेवार नभएको बताए।