उज्वेकिस्तानविरुद्ध सोझो सेटमा जित निकाल्दै भारत - Chaitanya News
  • 2026-06-06
  • 10:13:37
  • शनिबार,जेठ २३, २०८३
  • उज्वेकिस्तानविरुद्ध सोझो सेटमा जित निकाल्दै भारत

    उज्वेकिस्तानविरुद्ध सोझो सेटमा जित निकाल्दै भारत

    काठमाडौं– सेमिफाइनलमा उज्वेकिस्तानविरुद्ध सोझो सेटमा जित निकाल्दै भारत काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को फाइनलमा पुगेको छ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भारतलाई प्रतिस्पर्धा दिए पनि उज्वेकिस्तानले कुनै पनि सेट आफ्नो पक्षमा पार्न सकेन।

    पहिलो सेट १७–२५ ले आफ्नो पक्षमा पारेको भारतले दोस्रो सेटमा २०–२५ को जित निकालेको थियो। निर्णायक बनेको तेस्रो सेटमा उज्वेकिस्तानले १५–२५ को नतिजा सुम्पियो।

    भारत समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा पुगेको थियो। यस्तै, उज्वेकिस्तान समूह ‘बी’को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो।

    आजै पाँच बजे हुने दोस्रो सेमिफाइनलमा नेपाल र कजाकस्तान आमनेसामने हुँदैछन्। नेपाल समूह ‘ए’को उपविजेता तथा कजाकस्तान समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेको थियो।