एमालेको अवरोधपछि स्थगित संसद् बैठक ३ बजे बस्ने - Chaitanya News
  • 2026-11-16
  • 01:03:45
  • आइतबार,कार्तिक ३०, २०८३
  • एमालेको अवरोधपछि स्थगित संसद् बैठक ३ बजे बस्ने

    एमालेको अवरोधपछि स्थगित संसद् बैठक ३ बजे बस्ने

    काठमाडौं– नेकपा एमालेले अवरोध गरेपछि दिउसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको बैठक ३ बजे बस्ने भएको छ।

    नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो।

    एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए।

    संसद बैठक स्थगित गरी सहमतिका लागि बसेको सर्वदलीय बैठक लम्बिएका कारण प्रतिनिधि सभाको बैठक ३ बजेका लागि सरेको हो।