मुगु– मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुञ्ज व्यवस्थापन समितिको हालै सम्पन्न निर्वाचनमा मीनबहादुर रावल अध्यक्षमा निर्वाचित भएका छन्।
कैलास बजेडी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष रावल गत १९ गते रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुको आयोजनामा सम्पन्न भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका हुन।
निर्वाचनमा रारा राष्ट्रिय निकुञ्जले गठन गरेका १० वटा मध्यवती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरूले भोट हालेका थिए। खसेको १० मत मध्य निर्वाचित रावलले ७ र प्रतिस्पर्धी कनकासुन्दरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष भैरव बहादुर बुढाले ३ मत ल्याएको रारा राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्र व्यवस्थापन समितिका कार्यालय सचिव लोकेन्द्र बहादुर बमले जानकारी गराए।
निकुञ्जको संरक्षणका लागी रारा राष्ट्रिय निकुञ्जले ओघटेका जुम्ला जिल्ला र मुगु जिल्लाका मध्यवती क्षेत्रमा बसोबास रहेका गाँउहरुमा ४६ वटा सामुदायिक वन,१० वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिईकाई,११० वटा समूह र १० वटा चोरी सिकारी नियन्त्रण समूहहरू गठित छन् भने यिनीहरूको केन्द्रको रूपमा मध्यवती क्षेत्र विकास समिति रहेको छ।
समितिमा अध्यक्ष सहित १० सदस्यीय कार्य समिति रहने व्यवस्था छ। यही निकुञ्जको विचमा नेपाल कै ठुलो ताल रारा ताल रहेको छ भने यही तालको नामबाट रारा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो।