ए डिभिजन लिग : फ्रेन्ड्ससँग हार्‍यो सातदोबाटो - Chaitanya News
  • 2026-06-06
  • 10:12:57
  • शनिबार,जेठ २३, २०८३
  • ए डिभिजन लिग : फ्रेन्ड्ससँग हार्‍यो सातदोबाटो

    ए डिभिजन लिग : फ्रेन्ड्ससँग हार्‍यो सातदोबाटो

    काठमाडौं– टोरिच जेब्रिनको दुई गोलप्रेरित फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार सातदोबाटो युथ क्लबलाई ०–४ को नतिजामा पराजित गरेको छ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो मिनेटमै गोल गर्दै रफिक अमिनुले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा खेलमा फर्किने कोसिस गरे पनि सातदोबाटोले दोस्रो हाफमा तीन गोल खायो।

    प्रकाश बुढाथोकीले ५५औं मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्सले अग्रता दोब्बर पारेको थियो। अन्तिम समयमा सम्हालिन नसकेको सातदोबाटोले तीन मिनेटमा दुई गोल खायो।

    जेब्रिनले ८७औं र ९०औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सका लागि ०–४ को जित सुनिश्चित गरे। जितसँगै २१ खेलबाट २४ अंक जोडेको फ्रेन्ड्स १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट २९ अंक जोडेर पाँचौं स्थानमा छ।