एजेन्सी– अर्बपति मार्क जुकरबर्गको नेतृत्वमा रहेको कम्पनी मेटामा फेरि सेयर अफ फेज सुरु भएको छ। कम्पनीले तेस्रो चरणमा १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेका छन्। यसभन्दा अघि कम्पनीले पहिलो चरणमा ११ हजार र दोस्रो चरणमा १० हजार कर्मचारी कटौती गरिसकेको छ।
बिजनेश टुडेका अनुसार मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले मार्च २०२३ मा कम्पनीको दोस्रो चरणको कटौतीको बारेमा बताएका थिए। त्यतिबेला नै उनले तेस्रो चरणको कर्मचारी कटौती हुने संकेत गरेका गरेका थिए।
पहिलो, दोस्रो र तेस्रो चरणमा यति धेरै कर्मचारी हटाउने यो पहिलो ठूलो प्राविधिक कम्पनी बनेको छ। कर्मचारी कटौतीले कम्पनीका विभिन्न सेक्टरमा काम गर्ने कर्मचारीलाई असर गर्ने अपेक्षा गरिएको छ।
केही कर्मचारीहरूले ीष्लपभमक्ष्ल मा भनेअनुसार मार्केटिङ, बिक्री, साइट सुरक्षा, कार्यक्रम व्यवस्थापन, सामग्री वर्ग र कर्पोरेट संचार क्षेत्रका टोलीलाई असर पुगेको छ। अहिले धेरै मानिसहरूले आफ्नो जागिर गुमाएका छन्।