काठमाडौँ– लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आज विहीवारदेखि प्रशारण हुने भएको छ। इएच डिजिटलमा सार्वजनिक भएको टिजर कार्यक्रममार्फत प्रसारण गर्ने मिति तय भएअनुरुप आज विहिवार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रशारण भए लगत्तै बेलुका ९ बजे इएच डिजिटलमा प्रशारण हुने बताइएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको सक्किगोनिमा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार देखिनेछन्।
सिजन ३ को रुपमा पर्दापण हुन लागेको सक्किगोनि झण्डेै ४ महिनापछि नयाँ स्वरुपमा आउन लागेको हो।
सिजन २ पछि केही समयको विश्राम लिइ नयाँ जोश जाँगर र कथा शैलीका साथ आउन लागेको हो। दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको बताइएको छ।
दर्शकको बहुप्रतिक्षामा रहेको सक्किगोनि मनोरञ्जन दिने मात्र नभइ शिक्षा र अभिप्रेरणा दिने खालको हुने बताइएको छ।
यसको टिजरमा कतार उड्न लागेको एक पात्रलाई चित्रण गरिएको छ। जुन आँखा रसाउने खालको छ। कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गरेको यो सिरियलको तेस्रो सिजनलाई पनि १०० भागकै हाराहारीमा निर्माण हुने बताइएको छ।
देशमा रोजगारी छैन, शिक्षा स्वास्थ्य सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ। मुलुकको पीडा, अभाव, नैराश्यताको बीचमा पनि मुस्कान लिएर आउँदैछौ भनेर कनेक्सन मात्र गर्न यस्तो टिजर बनाएको निर्देशक कुमार कट्टेलले बताए।