अन्तर्राष्ट्रिय आमन्त्रण करातेमा नेपालीलाई १० स्वर्ण - Chaitanya News
  • 2026-06-06
  • 10:13:37
  • शनिबार,जेठ २३, २०८३
  • अन्तर्राष्ट्रिय आमन्त्रण करातेमा नेपालीलाई १० स्वर्ण

    अन्तर्राष्ट्रिय आमन्त्रण करातेमा नेपालीलाई १० स्वर्ण

    बिर्तामोड– भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिप २०२३ मा नेपाली खेलाडीले १० स्वर्णसहित १५ पदक जितेको छ।

    अखिल भारत सितेरियो कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिप नेपालबाट झापा, इलाम र काठमाडौंका खेलाडी सहभागी थिए। च्याम्पियनसिपमा झापाका खेलाडीले सात स्वर्ण, तीन रजत, इलामका खेलाडीले एक स्वर्ण र काठमाडौकाले दुई स्वर्ण र दुई कास्य पदक जितेको प्रमुख प्रशिक्षक मीना पाठकले जानकारी दिइन्।

    स्वर्ण पदक जित्नेहरुमा झापाका मोहित प्रसाईंले २० केजी र काता गरी दुई, अनिश न्यौपानेले २५ केजी र काता गरी दुई, डेनिशा न्यौपानले ३५ केजी र काता गरी दुई र एलिजा घिमिरेले ६८ केजी तौलमा छन्। त्यस्तै, झापाका सानोबाबु अधिकारीले ४० केजी, युनिशा न्यौपानेले ३० केजी र प्रियांका श्रेष्ठ ५० केजी तौलले रजत पदक जिते।

    इलामका प्रतिक बस्नेतले ५० केजी तौल समूहमा स्वर्ण जिते भने काठमाडौंका श्रीयास धितालले ३५ केजी र एनिश गिरीले ३० केजीले स्वर्ण जितेको पाठकले बताइन्। काठमाडौंकाा श्रीयास धितालले र एनिश गिरीले कातामा कास्य पदक जिते। प्रतियोगितामा नेपालबाट सातजना रेफ्री, तीनजना अफिसियल र १० जना खेलाडी सहभागी थिए।