राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता - Chaitanya News
  • 2026-11-16
  • 00:51:05
  • आइतबार,कार्तिक ३०, २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता भएको छ।

    रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल र पार्टी सल्लाहकार भूमिनन्द बरालले डेपुटी चिफ अफ मिसनको पोलिटिकल कन्सुलर र अर्का एक अधिकारीसँग भेट गरेका हुन्।

    सहमहामन्त्री बुर्लाकोटीका अनुसार पार्टी नेताहरुसँग भेटघाट गर्ने दूतावासको प्रक्रिया अनुसार नै उनीहरुले रास्वपाको टोलीसँग भेट गरेको हो।

    भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको उनको भनाइ छ । ‘उहाँहरुले भ्रष्टाचार विरोधी हाम्रो कार्य र सुशासनमा पार्टीले गरेको काममा चासो राख्नुभयो। यो प्रयास राम्रो भएको बताउनुभयो’ बुर्लाकोटीले भने।

    चिनियाँ कम्युनिस्ट पार्टीले सुशासनका लागि पार्टीमा गरेको ८ बुँदे सर्कुलर बारे चिनियाँ टोलीले जानकारी दिएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताए।